सुनको भाउ एक लाख नाघ्यो

२२ साउन, काठमाडौं । सुनको भाउँमा ऐतिहासिक रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको कारोबार प्रतोतोला मूल्य एक लाख दुई हजार पाँच सय रुपैयाँ तोकेको छ ।

एक तोला सुनको यो मूल्य हालसम्मकै उच्च हो । बिहीबारका लागि चाँदीको खरिद बिक्री मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ छ ।