१६ भदौ, काठमाडौं। डोटीको केआइसिंह गाउँपालिका-१ तिखातर केन्द्रविन्दु भएर मंगरबार दिउँसो भूकम्प गएको छ।
भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारी अनुसार दिउँसो १ बजेर ६ मिनेट जाँदा तिखातर केन्द्र विन्दु बनाएर ३.८ रेक्टर स्केलको भूकम्प गएको हो।
भूकम्पको धक्का डोटीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा महसुस गरिएको छ।
सुदूरपश्चिम प्रदेशमा डोटी केन्द्रविन्दु भएर पहिलो पटक भूकम्प गएको हो। भूकम्पका कारण अहिलेसम्म कुनै क्षति भएको खबर भने प्राप्त नभएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ। रासस







