पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ वृद्धि

१६ भदौ, काठमाडौं। नेपाल आयल निगमले पेट्रोलको मूल्य पुनः बढाएको छ। मंगलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा २ दुई रुपैयाँ बढाइएको निगमले जनाएको छ।

हाल लिटरको एक सय पाँच रुपैयाँ रहेको पेट्रोलको मूल्य अब लिटरको एक सय सात रुपैयाँ पुगेको छ।

डिजेल, मटितेल, हवाई इन्धन तथा खाना पकाउने ग्यासको मूल्य भने यथावत नै राखिएको निगम प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।

भारतीय आयल कर्पोरेसनबाट १ सेप्टेम्बर (आज) मा आएको मूल्यसूचीअनुसार नेपालमा पेट्रोलको मूल्य समायोजन गरिएको उपाध्यायको भनाई छ।