प्रधानमन्त्री राजीनामा नदिइ पदमा टाँसिएर बसे: प्रवक्ता श्रेष्ठ

फागुन,१५ काठमाडौ।नेकपा प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले आक्रोश पोखेका छन् । संसद् पुनःस्थापना भएसँगै केपी ओलीले नैतिकता आधारमा प्रधानमन्त्री पदबाट राजीनामा नदिइ पदमा टाँसिएर बसेको भन्दै आक्रोश पोखेका हुन् ।

ओली पक्षले सत्तामा टाँसिरहने नियतकासाथ सासदलाई आफ्नो पक्षमा पार्न सुटकेसामा पैसा बोकेर हिँड्न थालेको आरोप समेत लगाए ।

शनिवार गृहजिल्ला गोरखाका अगुवा नेता कार्यकर्ताहरुसँगको छलफमा उनले ओली पक्ष सांसद खरिदका लागि सुटकेस बोकेर हिँडेपछि उनीहरुको योजना कुनैपनि हालतमा सफल हुन नसक्ने बताए ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेर संविधान र देशको पक्षमा साहसिक फैसला गरेको टिप्पणी गर्दै उनले न्यायालयमाथि जनताको भरोसा अझ भढेर गएको बताए ।

उनले भने, ‘संसद पुनर्स्थापनासँगै सबै चिज ठिकठाक र सरल हुन्छ भन्ने छैन । ओलीले एकपछि अर्को जसरी अनैतिक कार्यको श्रृंखला अगाडि बढाएका छन् । यसप्रति हिजो आन्दोलनरत पक्ष सबै चनाखो रहनुपर्ने हुन्छ ।’