१८ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ ।
राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
अब अर्थमन्त्री डा . युवराज खतिवडाको ६ महिने कार्यकाल सकिने पक्का भएको छ । उनी शनिबार राति १२ बजेसम्म मात्रै अर्थमन्त्री रहन पाउनेछन् ।







