‘नेपालीलाई कम्फर्टेबल सरकार चाहिएको हो, मलाई हटाउन त्यति सजिलो छैन’

फागुन,१८ काठमाडौ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो नभएको बताएका छन् ।

ओलीले नेपालीको लागि ‘कम्फर्टेबल’ सरकार चाहिएको भन्दै भारतको लागि ‘कम्फर्टेबल सरकार चाहिएको भन्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइप्रति कटाक्ष गरे ।

मंगलवार झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रममा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो नभएको बताएका हुन् ।

‘अस्तिको दिनमा बोल्दा पनि भनेको थिएँ – कसैले हटाउन सक्छ भने हटाओस् तर त्यति सजिलो छैन । आउँदो चुनावमा दुईतिहाइका साथ फेरि सिंहदरबारमा फर्किन्छु,’ ओलीले भने ।