फागुन,१९ काठमाडौ।संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुलाई आजबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उनीहरुलाई खोप लगाउन थालिएको हो ।
सभामुख अग्निप्रसाद सापकोटा र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएर कोरोनाविरुद्धको खोप सुरुवात गरेका छन् । खोप लगाएपछि उनीहरु अस्पतालमा रहेको आराम कक्षमा छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेयश त्रिपाठी पनि खोप केन्द्रमा पुगेका छन्। उनले पनि खोप लगाउने कार्यक्रम छ ।
संसद सचिवालयबाट खोप लगाउन सांसदसहित १५ सय जनाको विवरण स्वास्थ्य मन्त्रालयमा पठाएको थियो । मन्त्रालयले सांसद तथा कर्मचारीहरुलाई आजदेखि तीन दिन खोप लगाउने व्यवस्था मिलाएको जनाएको छ ।







