फागुन, २० काठमाडौं । सरकार र नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीचको वार्ता आजपनि जारी रहने भएको छ ।
हिजो तीन पटक भएको वार्ता सकारात्मक रहेकाले आज पनि वार्तालाई निरन्तरता दिइने सरकारी वार्ता टोलीले जनाएको छ । हिजोको अन्तिम वार्ता पुल्चोकस्थित गृहमन्त्री आवासमा भएको थियो ।
यसअघि दुई पटकको वार्ता प्रधानमन्त्री निवास वालुवाटारमा भएको थियो । हिजोको वार्ता विषय केन्द्रित भएको र दुवै पक्ष समान धारणा नजिक पुगेको दाबी सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले गरेका छन् ।







