बाढीग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार, खोज र राहतमा खटिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह बालेनले विपद्‍को क्षणमा सबैलाई आ–आफ्नो ठाउँबाट बाढीग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार, खोज र राहतमा खटिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

रसुवामा आज बिहान गएको बाढीपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री शाहले यस्तो निर्देशन दिएका हुन् ।

बैठकमा बाढीले अहिलेसम्म पुर्‍याएको क्षतिको विवरणबारे ब्रिफिङ गरिएको थियो ।