कोरोनाः विश्वभर थप १० हजार ४ सय ४७ जनाको मृत्यु

फागुन, २० काठमाडौं । पछिल्लो २४ घण्टाको विवरण अनुसार विश्वभर थप १० हजार ४४७ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा दुई हजार एक सय ६४ जना रहेका छन् भने ६४ हजार दुई सय ८८ जना संक्रमित थपिएका छन् ।

यसैगरी ब्राजीलमा एक हजार आठ सय ४० जनाको मृत्यु भएको छ भने ७४ हजार तीन सय ७६ जना संक्रमित थपिएका छन् ।

यसैगरी रुसमा चार सय ५२ जना, बेलायतमा तीन सय १५, फ्रान्समा तीन सय २२, स्पेनमा चार सय ४६ जना, इटालीमा तीन सय ४७, जर्मनीमा तीन सय ८६, अर्जेन्टिनामा दुई सय ६१ जनाको मृत्यु भएको छ।

मेक्सिकोमा एक हजार ३५ जनाको मृत्यु भएको छ भने सात हजार नौ सय १३ जना संक्रमित थपिएका छन् ।