बुटवलमा ‘घरघरमा खाद्यान्न’ अभियान शुरु

१९ भदौ, काठमाडौं। रुपन्देहीमा युवाहरुले ‘घरघरमा खाद्यान्न’ अभियान शुरु गरेका छन् । लकडाउनमा भाेकै रहनुपर्ने बाध्यतामा परेका ब्यक्तिहरुलाई मध्यनजर गर्दै नहुनेले पाउने गरि उक्त अभियान थालिएकाे उद्यमी कुमार दुबेले बताए ।

काेराेना महामारी र लकडाउन अवधिभरका लागि “फुड बैंक एट याेर डाेर स्टेप” नामक अभियान चलाइएकाे उद्यमी दुबेकाे भनाइ छ । ‘तिलोत्तमा नगरपालिकाकाभित्र यदी कसैलाई खानकै लागि समस्या परे सम्पर्क गर्नुहोला हामी खाद्यान्न सहयोगका लागी तपाईको घर घरमा आउने छौ ’ उनले भने।

सुरक्षा र सावधानी अपनाउदै घर घरमा खाद्यान्न पुर्याउने गरिएकाे उनकाे भनाइ छ। याे अभियानमा जोडिन चाहने र सहयोग गर्न चाहनेलाइ सहकार्य गर्न तयार रहेकाे दुबेले जानकारी दिए ।

अभियानमा दुबे र तिलाेत्तमाका लक्ष्मण गाैतमले नेतृत्व गरिरहेका छन् । भाेकै हुनेहरुकाे घरघरमा १० किलाे चामल २ किलाे दाल १ पाेका नुन १ लिटर तेल र ६ पिस साबुन दिइएकाे छ ।

लक्ष्मण गौतम तरुण दलका रुपन्देही सदस्य हुन् भने कुमार दुबेे लुम्बिनी पेलेट दानाका अध्यक्ष हुन् ।
खानाका लागि समस्या भएमा कुमार दुवे – ९८१७४५६९०४ र लक्ष्मण गौतम – ९८५७०४२७७६ लाइ सम्पर्क गरेर सहयाेग लिन उनीहरुकाे अनुराेध छ ।