कांग्रेसको सदीय दलको बैंठक बस्दै

फागुन, २१ काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैंठक आज दिउसो १ बजे बस्दै छ ।

संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।

कांग्रेसले सांसदहरुको धारणा लिन आज संसदीय दलको बैठक बोलाएको हो ।

हिजो (बिहिवार) कांग्रेस पदाधिकारी बैठकमा राजनीतिक निकासका लागि कांग्रेसमा तीन विकल्पमा छलफल भएको थियो ।

कांग्रेसले नेकपाको कुनै पक्षसँग मिलेर सरकार बनाउने, राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने वा प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार हुनुपर्ने विषयलाई विकल्पमा रुपमा अगाडि सारेको छ ।