फागुन,२१ बुटवल।स्थानीयको व्यापक अवरोधकाबीच रुपन्देहीको मोतिपुर औद्योगिक करिडोरको शिलान्यास गरिएको छ।
शुक्रबार पनि कार्यक्रमस्थलमा १० बजे नै उपस्थित भएका स्थानीयले अर्थमन्त्री विष्णु पौडेल र औद्योगिक व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतविरूद्ध नाराबाजी गरेका थिए।
शिलान्यासस्थलमा पुरोहितले स्वस्तिवाचन गरिरहँदा बाहिर नाराबाजी भइरहेको छ।कार्यक्रमस्थल नेकपा कार्यकर्ता र सुरक्षाकर्मीले घेरिएको छ।







