नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद लालबाबु पण्डितले आफु पार्टी एकता अभियानमा रहेको बताएका छन् ।
प्रचण्ड–माधव समूहको संसदीय दलको बैठकमा सहभागि नभएका पण्डितले केपी शर्मा ओली समूहको संसदीय दलको बैठकमा पनि सहभागि नहुने बताएका छन् ।
उनीसंगको छोटो कुराकानी :
लालबाबु पण्डित कुन समूहतिर हो, ओली कि प्रचण्ड–माधव ? तपाईंको सूचनामा के छ ? सूचना सम्बन्धित व्यक्तिबाटै लिँदा राम्रो हुन्छ होइन र ?
म कतै लागेको छैन् । नेकपा वैधानिक रुपमा फुटेको छैन । पार्टी वैधानिक रुपले नफुटुन्जेलसम्म अविश्वास प्रस्ताव संसदमा आउने स्थिति हुन्न । र बहुमत प्राप्त पार्टीले प्रतिपक्षीमा रहेका दललाई सरकार चलाउ, तिम्रो नेतृत्वमा म जान्छु भनेर भन्न मिल्दैन ।
यसले त प्रधानमन्त्रीलाई सहयोग गरेको प्रष्टै देखिँदैन र ?
म पार्टी एक हुनुपर्छ भन्नेमा छु ।
शनिवारको संसदीय दलको बैठकमा जानुहुन्छ होला नि ?
म कुनै पक्षको संसदीय दल वा अरु बैठकमा जान्न । संसदभित्र खेल्ने भूमिकाहरुमा मैले आफ्नो भूमिका निभाउँछु ।
तपाईं जस्तै पार्टी एकता हुनुपर्छ भनेर अभियान चलाउनेहरु को को हुनुहुन्छ ?
त्यो त तपाईंले खोज्ने कुरा हो ।
तपाईंले भनिदिए यति संख्या एकताको पक्षमा रहेछ भन्ने प्रष्ट संदेश जान्थ्यो भनेर नि …
मैले मेरो कुरा पो भन्ने हो ।
एकता अभियानमा थपिँदै गएको भन्ने सुनिन्छ । युवा नेताहरु पनि लागेको भन्ने आएका छन् । नामै भनिदिए तपाइंकै अभियानले सार्थकता पाउन मद्धत ग-थ्यो कि ?
अहिले म त्यो भन्दिन ।







