नेपालमा पछिल्लो २४ घण्टामा थपिए १ हजार ४५४ जना कोरोना संक्रमित

२६ भदौ, काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा २४ घण्टाको अवधिमा १ हजार ४५४ जनfमा कोरोनाभाइरस (कोभिड–१९)का संक्रमित थपिएका छन् ।

नियमित प्रेस व्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार ७०१ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा थप ९७२ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ । यो कुल संक्रमितको ७१ प्रतिशत हो ।