२६ भदौ, काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३२२ पुगेको स्वास्थ् मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी दिइएको छ ।
मृत्यु हुनेमा १ जना महिला र ४ जना पुरुष रहेको मन्त्रालयले जनाएको हो ।
मृत्यु हुने महिलामा मोरङकी ४० वर्षीया महिला, महोत्तरीका ६५ वर्षीय पुरुष, धनुषाका ६५ वर्षीय पुरुष, काठमाडौंका ७० वर्षीय पुरुष र नवलपरासीका ५५ वर्षीय पुरुष रहेका छन् ।







