२६ भदौ, काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ५ औं स्थायी कमिटीको अन्तिम बैठक समापन भएको छ ।
आज भएको छलफलमा नेकपाको सुझाव कार्यदलले दिएको सल्लाहअनुसार दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले पेस गरेको १५ बुँदे प्रस्ताव पारित गर्दै स्थायी कमिटी बैठक सकिएको हो ।
छलफलमा प्रधानमन्त्रीको रुपमा ओलीले सरकार सञ्चालन गर्ने र प्रचण्डले कार्यकारी अधिकारसहित पार्टीको नेतृत्व गर्ने बैठकले निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी बताए ।
छलफलमा सरकारका दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने, आधारभुत महत्वका नीति र राष्ट्रिय महत्वका निर्णयहरु लिँदा पार्टीको मार्ग निर्देशनलाई ध्यानमा राखेर सरकारले काम गर्ने समेत निर्णय भएको छ ।







