स्काईलार्क एग्रो-अविनाश ग्रुप द्वारा कोभिड–१९ प्रयोगशालाई पिसिआर मेसिन प्रदान

२६ भदौ, चितवन । भरतपुर कोभिड–१९ प्रयोगशालालाई एक थान पिसिआर मेसिन सहयोग गरीएको छ ।

स्काईलार्क एग्रो- अविनाश ग्रुपले प्रयोगशालालाई पिसिआर मेसिन सहयोग गरेको हो ।

जर्मन कम्पनीको क्यूटावर ८४ स्वचालित पिसिआर मेसिन सहयोग गरिएको ग्रुपले जनाएको छ ।

ग्रुपका अध्यक्ष गुणचन्द्र विष्टले मेसिन अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी र प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीलाई हस्तान्तरण गरेका छन् ।

ग्रुपले करीव ५० लाख रुपैयाँ लगानीमा सो मेसिन खरिद गरी भरतपुर महानगर प्रमुख रेनु दाहालको उपस्थितीमा हस्तान्तरण गरेको हो ।

कोरोनाभाइरस संक्रमण बढ्दो स्थितिमा रहेकोले समाजिक उत्तरदायीत्व अन्तरगत सो अत्याधुनिक मेसिन हस्तान्तरण गरिएको ग्रुपको अध्यक्ष विष्टले बताए ।

प्रदान गरिएको मेसिनले चाडो नतिजा दिने ग्रुपको निर्देशक टिकाराम पोख्रेलले जनाकारी दिए । उनले नतिजालाई विश्वसनीय र छिटो गर्नका लागि मेसिन सहयोग गरिएको बताए ।