माओवादी केन्द्रको स्थायी कमिटी बैठकः मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय

फागुन, २९ काठमाडौं । माओवादी केन्द्रको आज बसेको स्थायी कमिटीको बैठकले केपी ओली नेतृत्वमा रहेका मनत्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बिहान बसेको स्थायी कमिटी बैठकले ओली सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

बैठकले चैत २ गतेका लागि आह्वान गरिएको राष्ट्रिय कार्यकर्ता भेला पनि स्थगित गरेको छ।

‘बैठकले एमालेको केन्द्रीय समितिमा सिफारिस भएका हाम्रो पार्टीका २३ जना नेतालाई आफ्नो पोजिशन २४ घण्टाभित्र स्पष्ट पार्न पनि बैठकले निर्देशन दिएको छ । आफ्नो पार्टीमा नफर्किएमा कारबाही गर्ने निर्णय समेत भएको छ ।