भक्तपुरमा एकै परिवारका तीन सदस्य मृत भेटिए

भदौ २७, काठमाडौं ।
भक्तपुरको निकोसेरामा एकै घरका तीन जना मृत भेटिएका छन् । प्रहरीका अनुसार उनीहरू तीनै जनाको शव शुक्रबार साँझ उनीहरूकै घरमा भेटिएको हो ।

मध्यपुर ठिमी नगरपालिका–९ मा सुदीप अधिकारी, उनकी पत्नी सुशीला र छोरा सुशान्त मृत भेटिएका हुन् । उनीहरूको उमेर, मृत्युको कारण लगायतका विषयबारे अहिले केही खुलाइएको छैन ।

उनीहरूको कुकुरसमेत मृत भेटिएको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।