कोशी अस्पताललाई विराटनगर महानगरपालिकाले गर्यो मेसिन सहयोग

२७ भदौ, विराटनगर ।
कोशी अस्पताललाई कोरोना भाइरस परीक्षणका लागि आएएनए एक्ट्राक्सन मेसिन प्रदान गरिएको छ । विराटनगर महानगरपालिकाले उक्त मेसिन शुक्रबार हस्तान्तरण गरेको हो ।

महानगरपालिका प्रमुख भीम पराजुलीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश भट्टराईलाइ उक्त मेसिन हस्तान्तरण गरेका हुन् । उद्योगी, व्यवसायी तथा विभिन्न संस्था र व्यक्ति मिलेर खरिद गरिएको उक्त मेसिनको मूल्य ३२ लाख रूपैयाँ रहेको बताइएको छ ।

यस मेसिनबाट धेरै जनाको परीक्षण रिपोर्ट पहिलेभन्दा छिटो दिन सकिनेछ । मेसिनले २४ घन्टामा १ हजार ५ सय जनाको स्वाब परीक्षण गर्न मिल्ने बताइएको छ ।

महानगरले यस अघि पनि अस्पताललाई पिसिआर मेसिन प्रदान गरेको थियो ।