कोरोनाः विश्वभर बितेका २४ घण्टामा सात हजार आठ सय बढीको मृत्यु

चैत, १ काठमाडौं । बितेका २४ घण्टामा विश्वभर कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वभर सात हजार आठसय ३० जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सबैभन्दा बढी ब्राजिलमा रहेका छन् । त्यहाँ २४ घन्टामा एक हजार नौ सय ४० जनाको मृत्यु भएको छ भने ७० हजार ९ सउ ३४ जना संक्रमित थपिएका छन् ।

संयुक्त राज्य अमेरिकामा नौ सय ८९ जनाको मृत्यु भएको छ भने ४८ हजार दुई सय ६१ जना संक्रमित थपिएका छन् ।

हालसम्म अमेरिकामा कोरोना संक्रमणबाट पाँच लाख ४६ हजार पाँच सय ५७ जनाको मृत्यु भइसकेको छ ।