कोरोनाः विश्वभर थप पाँच हजार पाँच सय बढीको मृत्यु

चैत, २ काठमाडौं । पछिल्लो विवरण अनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वमा थप पाँच हजार पाँच सय ८६ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा सबैभन्दा बढी एक हजार एक सय ११ जनाको मृत्यु भएको छ भने ४४ हजार एक सय २० जना संक्रमित थपिएका छन् ।

यसैगरी अमेरिकामा छ सय १५ जनाको मृत्यु भएको छ भने ३६ हजार छ सय ४४ जना संक्रमित थपिएका छन् ।
यस्तै मेक्सिकोमा छ सय ३९ जनाको मृत्यु भएको छ ।

रुसमा तीन सय ९५ जनाm भारतमा एक सय २० जना, फ्रान्समा एक सय १४ जना, इटालीमा दुई सय ६४ जना, पोल्यान्डमा एक सय १० जना, युक्रेनमा एक सय ४५ जना, चिलीमा एक सय जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।