चैत, २ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच धुम्बाराहीमा छलफल शुरु भएको छ । लामो समयको संवादहीनता अन्त्य गर्दै ओली र नेपालसमूहबीच छलफल सुरु भएको हो ।
छलफलमा ओलीसहित ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली र सुवास नेम्वाङ छन् ।
यसैगरी माधव नेपाल पक्षबाट नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, र रघुजी पन्त सहभागी छन् ।







