माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक केही दिनको लागि स्थगित

चैत,२ काठमाडौ।नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक केही दिनको लागि स्थगित भएको नेताहरुले बताएका छन् । सर्वाेच्चको आदेशपछि ब्युँतिएको माओवादी केन्द्रको पहिलो बैठक केही दिनका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

‘अन्य राजनीतिक गतिविधि पनि गर्नुपर्‍यो भनेर बैठक रोकिएको हो,’ श्रेष्ठले भने, ‘अबको बैठक कहिले बस्ने भनेर मिति तोकिएको भने छैन ।’ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा २० नेताले आफ्नो धारणा राखेका थिए । माओवादी केन्द्रले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर नयाँ सरकार गठनको लागि अन्य राजनीतिक दलसँग छलफल तिव्र पारेको छ ।