निदाइरहेकै बेला पहिरोलले पुर्दा दुई बालकको मृत्यु

२७ भदौ, रोल्पा ।
पहिरो खस्दा रोल्पामा दुई बालकको मृत्यु भएको छ । शुक्रबार राती आएको पहिरोले लुङ्रिी गाउँपालिकाका दुई बालकको सुतिरहेकै अवस्थामा लिएको हो ।

मृत्यु हुनेमा स्थानीय ज्ञानसिंह घर्ति मगरका छोराहरू ११ वर्षिय युवराज र ८ वर्षिय अमर छन् । ज्ञानसिंह आफै भने रोजगारीका सिलसिलामा भारतमा छन् ।

प्रहरीका अनुसार हजुरबुवा, हजुरआमा र आमासँगै सुतेका उनीहरूलाई माथिबाट आएको पहिरोले पुरेको थियो । अन्यलाई भने खासै चोट लागेको छैन ।