चैत,३ काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल गएका छैनन ।
नेता बिष्णु रिजालका अनुसार नेता नेपाल र खनाल राष्ट्रपति भण्डारीले आयोजना गरेको सर्वदलीय बैठकमा सहभागी नहुने भएका हुन्। राष्ट्रपति भण्डारीले बदलिँदो राजनीतिक परिस्थितिमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुसँग छलफल गर्न आज मंगलबार दिउँसो ४ बजे शीतलनिवासमा सर्वदलीय बैठक बोलाएकी थिईन ।







