नेपाल भेटेरिनरी एशोसिएशनको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन तालिका सार्वजनिक

चैत, ४ काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएशनले नयाँ पदाधिकाी चयनका लागि निर्वाचन तालिका सार्वजनीक गरेको छ । एशोशिएसनको चैत ६ गते निर्वाचन हुने भएको छ । ६ गते अपरान्ह २ बजेदेखि ४ बजेसम्म मतदान हुने भएको छ ।

चैत ६ गते बिहान १० बजेसम्ममा मतदाता नामावली प्रकाशन गरिने छ । त्यसैगरी बिहान साढे १० बजेसम्ममा मतदाता नामावली उपर दाबी विरोध गर्ने, सोही दिन बिहान ११ बजेसम्ममा अन्तिम मतदाता नामावली प्रकाशित हुने भएको छ ।

चैत ५ गते मध्यान्ह १२ बजेसम्म उम्मेद्वारी दर्ता, चैत ५ गते अपरान्ह साढे १२ बजेदेखि २ बजेसम्म उम्मेद्वारी उपर दाबी विरोध गर्ने र उम्मेद्वारी फिर्ता लिने समय तोकिएको छ । ५ चैत अपरान्ह ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन छ ।

चैत ६ गतेको मतदान कार्यक्रम ललितपरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने एशोसिएशनले जनाएको छ ।