चैत, १८ काठमाडौं। प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
दिउँसो १ बजे बस्ने बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशी र संविधानसभा सदस्य लक्ष्मीदेवी भण्डारीको निधनमा शोक प्रस्ताव पेस गर्ने कार्यसूची छ।
यस्तै प्रधानन्त्री केपी शर्मा ओलीले विभिन्न वार्षिक प्रतिवेदनहरू पेस गर्ने सम्भावित कार्यसूची पनि रहेको छ।







