चैत,२३ नेपालगन्ज ।बाँकेमा ज्वला सिंह समूहको नामबाट चन्दा माग्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं–५ जुरपानी बस्ने सिताराम थारुलाई एक हप्ता पहिलादेखि ज्वाला सिंह समूहको नामबाट फोन गरेर चन्दा माग्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई आइतबार जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको हो । चन्दा माग गरेको भन्ने सूचनाको आधारमा खटिएको विशेष टोलीले उक्त समूहको खोजी तथा निगरानी गर्ने क्रममा उनीहरुलाई पक्राउ गर्न सफल भएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए ।







