युवा चित्रकारको कथाः चित्रकलालाई सबैथोक मान्छन्

किरण पौड्याल

चैत, २४ इलाम । सन्दकपुर गाउँपालिकास्थित माइपोखरीकी सलिना राईको सोख चित्रकार बन्ने हो। सानो उमेरबाटै फाट्टफुट्ट चित्र कोर्ने गरेकी उनले अहिले त राम्रै तस्बिर बनाउँछिन्।

उनी जिल्लामा मात्र होइन, राजधानीसम्म पुगेर पनि चित्र कोर्छिन्। उनको सपना उत्कृष्ट तस्बिर बनाउने र सबैमाझ चिनिने हो। उनी चित्रकलामै भविष्य खोज्दै छन्।

चित्रकार बन्नकै लागि उनले धेरै संघर्ष गरिन्। अझै गर्दै पनि छिन्। विद्यालय होस् वा अरू कतै प्रतियोगितामा कहिल्यै द्वितीय भएन उनका चित्र।

सधैं प्रथम भएकैले गर्दा उनलाई जीविकोपार्जनको स्रोत चित्रकला बनाउन मन लाग्यो। उमेरसँगै चित्रका गुणस्तर पनि बढ्दै गए, अनि गुणस्तरसँगै माग पनि उच्च बन्दै गयो।

भखभचथनजबचदष्मज बिद दयह बम छ
परिवारको हौसला, अग्रज चित्रकारको उत्प्रेरणा र आफ्नै मेहनतले उनका चित्रमा निखारता त आउँदै गयो। अर्थोपार्जन सोचेजस्तो भएन। गाउँको बसाइ। पूर्णरूपमा चित्रकलामा खट्न नपाइने। यसैले चित्रकलाको पेशा संकटमा पर्दै गयो। उनले सोचेजस्तो भएन।

कक्षा ५ देखि चित्र सिकेकी उनी कक्षा ८ पुग्दासम्म घरपरिवारमा आँखामा चित्रकारको छवि बनाइसकेकी थिइन्। विद्यालयको अध्यायन सकेर केही समय उनले कला सेन्टरमा चित्र बनाउन सिकिन्।

यसपछिका मेहनतले उनको चित्रकलाप्रतिको मोह यति बढ्यो कि उनले यो पेशाको विकल्प खोज्नै सकिनन्। विभिन्न प्रदर्शनीमा चित्र प्रदर्शन गरेर हौसला पनि बढ्यो। सबैले चित्र कोरेको हेर्दै उनको चित्रको प्रशंसा पनि गरे तर आर्थिक पाटो भने कहिल्यै सुध्रेन।

कलेजस्तरको पढाइ सुरू भयो तब यी सबै कुरा बाहिर निस्किए। उनलाई सोख पूरा गर्न आर्थिक पाटो सुध्रिन जरूरी छ भन्ने झन् लाग्दै गयो। यतिकैमा उनले एक दिन युट्युबमा कागजबाट विभिन्न किसिमका सामग्री बनाएको देखिन्। चित्रकलाकी पारखी उनलाई हस्तकला ९ह्याण्डीक्राफ्ट०मा पनि आकर्षण बढ्यो।

निरन्तर खटेर उनले ह्याण्डीक्राफ्ट बनाउन थालिन्। सुरूमा चित्त बुझ्दो नबने पनि समायान्तरमा सोचेझैं हुन थाल्यो।

पछिल्लो समय उनले चित्रकला जोगाउनका लागि पनि हस्तकला बनाउन परेको छ।

लअभिि ष्ल
‘ह्याण्डीक्राफ्ट चाहिँ धेरैले किनेर नै लानुहुन्छ। केही कमाइ पनि हुन्छ,’ उनी भन्छिन्,‘कला सम्मानित पेशा हो। तर, बाँच्न गाह्रो हुँदो रहेछ।’

उनले एकै ठाउँमा चित्रकला र हस्तकलाका ८७ प्रकारका कलालाई प्रदर्शनीसमेत गरेकी छन्। ती सामग्री बनाउन खर्चिलो पनि छ। अहिले उनी स्नातकोत्तर अध्ययन गर्दै छिन्। पढाइपश्चात काठमाडौं पसेर चित्रकलामा होमिने उनको विचार छ। अनेक रङ एकै ठाउँमा मिलाएर उनी चित्र कोर्छिन्।

अनि अनेक बहुरङ्गी कागज गाँसेर हस्तकलाका सामग्री। तर, यो पेशाले उनको जीवनमा कुन रङ कोर्ने हो पत्तो छैन। उनी संघर्षरत छिन्। चाहे अनेक रङ मिलाएर चित्र कोर्न होस् वा कागज गाँसेर कागजी सामग्री बनाउन। कुनै काम सहज छैन।

‘एउटै चित्र बनाउन तीनरचार दिन लाग्छ। धैर्य भएर काम गरिएन भने त पूरा हुँदैन,’ उनी भन्छिन्,‘कागजका सामग्री बनाउन पनि उस्तै गाह्रो। पहिले काटो अनि जोडो। त्यसपछि सुन्दरताका लागि कागज मिलाउनुपर्छ।’

यति दुःख गर्दा पनि कलाको मर्म नबुझ्दा चाहिँ उनलाई विरक्त लाग्छ।

अधिकांश मान्छेमा चित्रको ज्ञान नहुनु, अनि प्रशस्त मात्रामा चित्रकला पढाइ हुने विद्यालय पनि नहुनु। यिनै समस्याले चित्रकलामा बाँच्न गाह्रो भएको उनको दुःखेसो छ।

पढाइपछि चित्रकलाकै रहर

विर्तामोडको कोहेड कलेजमा कक्षा १२ मा अध्ययनरत पुजन चापागाइँ सदा अध्ययनमै व्यस्त रहन्छन्।

इलामको माइजोगमाई गाउँपालिकास्थित सोयाङका उनी यतिको व्यस्त रहँदा पनि अनवरत चित्र कोर्छन्। सानै उमेरदेखि चित्रकार बन्ने रहर थियो। कोरोना महामारी उनका लागि अवसर बनेर आयो।

उनी बन्दाबन्दी सुरूआत भएको पाँच दिनअघि नै घर आए। घरमै मात्र बस्नुपर्ने भएपछि सुरूआती समयमा त उनलाई पनि बन्दाबन्दी हैरानै लाग्यो। त्यतिकैमा उनलाई रहर लागेको चित्रकलाको सम्झना आयो। उनले सुरूमा त समयको सदुपयोगका लागि केही चित्र कोर्नु भयो। बनाउँदै जाँदा केही चित्र हेर्न लायक पनि भए।

परिवारले हौसला बढेपछि भने उनले दिनदिनै चित्र कोर्दै गए। उनको चित्रको सङ्ख्या बढ्दै जाँदा चित्रमा निखारता पनि बढ्दै गयो। अहिले त उनको लामो समय चित्र बनाउँदै जान्छ। उनले सुरूमा घरपरिवारकै चित्र बनाए पनि पछिल्लो समय भने अरूको पनि बनाउँदै गए। अहिले त उनले बनाएका सबै चित्र ‘एक से एक’ छन्।

‘अरूले पनि चित्र आफ्नो चित्र बनाउन आग्रह गर्नुहुन्छ’, उनी भन्छन्,‘लकडाउनले मलाई चित्र बनाउन सक्ने बनायो। लकडाउन थिएन भने सायद चित्र कोर्ने हुने थिइनँ होला।’

उनले पेन्सिलमात्रै प्रयोग गरेर चित्र कोर्दा पनि दुरुस्तै बनाउँछन्।

‘अहिले चित्रमा निखारता ल्याउन पेन्सिलले मात्र कोर्ने गरेको छु’, उनी भन्छन्,‘अरू चिजको प्रयोग गर्दा चित्रको अर्गानिकपन आउँदैन।’

आफ्नो रहरको विषय भएकाले पनि दुःख गरेर चित्र उतार्न रमाइलो लाग्ने गरेको उनी सुनाउँछन्। उनी घरपरिवार ९बहिनीहरू, हजुरबा, हजुरआमा, साथीभाइ र आफूले मन पर्ने चित्र कोर्ने गरेको बताउँछन्। लामो समय निरन्तर खटेर गर्नुपर्ने भए पनि चित्रकलामा भविष्य नभएको उनको गुनासो छ।

सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका सुमन निरौला९भारद्वाज०को पीडा पनि पुजनकै जस्तो छ।

इलामकै महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्नातक चौथो वर्ष अध्ययन गर्दै रहेका सुमन पनि कोरोनाले देश बन्दाबन्दीमा गएपछि घर जानुपर्ने भयो। सहरमा जस्तो ‘कडा’ बन्दाबन्दी गाउँमा नभए पनि उनले फाट्टफुट्ट बाहिर हिँड्नबाहेक घरमै बिताउनुपर्‍यो।

उनले पनि पुजनले जस्तै आफूलाई अल्छी लागेको समयमा पेन्सिलले चित्र कोर्न थाले। सानैदेखि रहरको विषय रहेको चित्रकलामा उनले दिनानुदिन परिश्रम खन्याउँदै गए।

परिश्रम खन्याएसँगै चित्र पनि अब्बल अब्बल बन्दै गए। परिवार र साथीभाइको चित्रसमेत बनाउँदै गएपछि धेरैले उनका चित्र मन पराउन थाले।

निरन्तर चित्र बनाएपछि उनले पनि दुरूस्तै चित्र कोर्न सक्ने बने। अहिले त उनलाई चित्र बनाइ दिनभन्दै दैनिक ३र४ कल फोन नै आउँछन्।

‘धेरैले चित्र बनाइदेऊ घरमा सजाएर राख्छु भन्दै फोन गर्नुहुन्छ’, उनी भन्छन्,‘साह्रै खुसी लाग्छ। यस्तो भन्दा।’

उनका अनुसार एउटै चित्र बनाउन लगातार तीन चार घण्टा खट्नुपर्छ। सोखकै कारण अहिले सुमन घरका सबैका भ्याएर दुईदेखि तीन घण्टा चित्रकलालाई समय छुट्याउँछन्।

‘धेरै र राम्रा चित्र बनाए भविष्य त होला। तर, हुँदै दुःख गर्नुपर्छ,’ राज्यले चित्रकलाको सम्मान गर्दै बाँच्ने आधार बनाए आफू यही क्षेत्रमा लाग्ने योजनामा बनाउँदै गरेको सुमन सुनाउँछन्।\

तस्वीरः सांकेतीक गूगलबाट