भदौ २८, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा ठूलो पहिरो गएको छ । प्राप्त प्रारम्भिक जानकारी अनुसार आइतबार बिहान उक्त नगरपालिकाको वडा नं. ७ भीरखर्क, नाकुचेमा पहिरो गएको हो ।
प्राप्त जानकारी अनुसार दुई बस्तीका १८ घर पुरिएका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार उद्धार टोली घटनास्थलतर्फ लागिसकेको छ । हताहतीका विवरण अहिले आइसकेका छैनन् । यद्यपि जनधनको ठूलो क्षति भएको हुनसक्ने आँकलन छ ।
आइतबार बिहान ४ बजेतिर पहिरो आएको बताइएको छ । थप विवरण आउन केही समय लाग्ने बताइएको छ ।
(फाइल फोटो)







