भदौ २८, सिन्धुपाल्चोक ।
आइतबार बिहान गएको पहिरोमा परेर सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु भएको छ भने अझै २२ जना बेपत्ता छन् । प्राप्त प्रारम्भिक जानकारी अनुसार पहिरोमा परी मृत्यु भएका दुवै महिलाको पहिचान भइसकेको छ ।
मृत्यु हुनेमा अन्दाजी ६२ वर्षिया भक्तिमाया श्रेष्ठ र २३ वर्षिया जुना विक छन् । जिल्लाको बाह्रबिसे नगरपालिकाका विभिन्न वडामा राति र बिहान पहिरो गएको हो ।
उक्त नगरपालिकाको नाकुचेमा, ७ घर पहिरोले पुरेको छ भने १६ जना हराइरहेका छन् । सोही वडाको भीरखर्कमा दुई घरमा पहिरोले क्षति पुर्याएको छ भने ६ जना अझै बेपत्ता छन् ।
सोही वडाको केम्बेमा पनि पहिरोमा परी तीन जना घाइते भएका छन् । घाइतेहरूको नामलगायतका जानकारी अहिले नभएको प्रहरीले जनाएको छ ।
बेपत्ताको खोजी र उद्धार कार्य चलिरहेको छ । घाइतेलाई अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले जनाएका छन् ।
(फाइल फोटो)







