बंगलादेशद्वारा रेमडिसिभर सहयोग

भदौ २८, काठमाडौं ।
बंगलादेशले नेपाललाई रेमडिसिभर सहयोग गरेको छ । नेपाली सेनाले शनिबार त्यहाँबाट पाँच हजार भाइल रेमडिसिभर ल्याएको जनाएको छ ।

यो कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने औषधि हो । सेनाको स्काइ ट्रकमार्फत शनिबार नेपाल ल्याइएको यो औषधि आइतबार स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिँदैछ ।

बंगलादेश सरकारको आग्रहमा त्यहाँका विभिन्न औषधि कम्पनीहरूले नेपाललाई रेमडिसिभर उपलब्ध गराएका हुन् । यो औषधि विभिन्न देशमा कोरोना संक्रमणबाट हुने मृत्युदर घटाउन सहयोगी साबित भइसकेको छ ।