चितवनमा होम आइसोलेसनमा बसेकी वृद्धाको मृत्यु

भदौ २८, चितवन ।
कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा बस्दै आएकी एक वृद्धाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–५ की ८५ वर्षिया वृद्धाको आइतबार बिहान ६ बजे मृत्यु भएको हो ।

चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरूङका अनुसार उनी दीर्घ रोगी थिइन् । भदौ ११ गत्ते नमूना संकलनको क्रममा उनमा संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि नै उनी होम आइसोलेसनमा बस्दै आएकी थिइन् । यस अघि जिल्लाकै खैरहनी नगरपालिकामा १ सय ८ वर्षिया वृद्धाको घरमै मृत्यु भएपछि उनमा संक्रमण पुष्टि भएको थियो ।
(रासस)