उपत्यकामा ५९७ जना कोरोना संक्रमित थपिए

२८ भदौ, काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ४८३ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा ३३ जना संक्रमित थपिएका हुन्।

यससँगै ललितपुर र भक्तपुरमा पनि संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ ।