जेठ, १९ विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरुसँग मंगलबार छलफल गर्नु गरेका छन् । आगामी बजेट अधिवेशन र कोभिड महामारीका विषयमा मुख्यमन्त्री राईले प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीका संसदीय दलका नेताहरुसँग परामर्श गरेका हुन् ।
छलफलमा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र राष्ट्रिय जनता पार्टी संसदीय दलका नेता जयराम यादवसँग छलफल भएको मुख्यमन्त्री राइको प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । छलफलका क्रममाा मुख्यमन्त्री राईले सरकारले केही दिन भित्रै संसद बैठक बोलाउन लागेको जानकारी दिए । बढ्दो रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण, खोप र उपचारको विषयमा समेत सो अवसरमा छलफल भएको थियो । सरकारले संसदबाटै बजेट प्रस्तुत गर्ने र अनावश्यक शङ्का नर्गनसमेत उहाँले विपक्षी दलका नेताहरुलाई आग्रह गरेका थिए ।







