कोरोनाः ८ हजार २४३ जना संक्रमित निको भए, ५ हजार ४२ जना थपिए

२४ घण्टामा संक्रमणका ६८ जनाको मृत्यु

जेठ, २२ काठमाडौ. । पछिल्लो विवरण अनुसार नेपालमा थप ५ हजार ४२ जना कोरोना संक्रमित थपिएका छन् । आजनै ८ हजार २ सय ४३ जना संक्रमित निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल १६ हजा र ८१४ नमुना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो। तीमध्ये ५,३४३ एन्टिजन परीक्षण हो जसबाट १,५०२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ।

पछिल्लो २४ घण्टामा संक्रमणका ६८ जनाको मृत्यु भएको छ ।

नेपालमा पीसीआर परीक्षणबाट कुल सङ्क्रमित सङ्ख्या पाँच लाख ८५ हजारभन्दा बढी पुगेको छ। कुल सङ्क्रमितमध्ये ३९ प्रतिशत महिला हुन्।

कुल सङ्क्रमितमध्ये ८३ प्रतिशत निको भएका छन् भने १.६ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ। बाँकी सक्रिय सङ्क्रमित छन्।

अहिलेसम्म कुल ७,७९९ जनाको मृत्यु भइसकेको छ।