भदौ २९, स्याङ्जा ।
प्रहरीले पुतलीबजार नगरपालिकाको छुट्टाछुट्टै स्थानबाट विभिन्न हातहतियार सहित दुई जनालाई पक्राउ गरेको छ । उनीहरूलाई आइतबार दिउँसो पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा ठुलाहिडीका भीम बहादुर ठकुरी र मोहरीका ओम बहादुर हमाल छन् । ठकुरीका साथ एउटा एकनाले भरुवा बन्दुक, एकनाले बाह्रबोर बन्दुक, त्यसका दुई टोटा, फलमका दुई खाली टोटा लगायतका सामग्री बरामद भएको हो ।
यसैगरी हमालका साथ लोड गरी राखेको एकनाले भरुवा बन्दुक, एउटा खाली एकनाले बन्दुक, ८ सय ८० ग्राम बारुद जस्ता विष्फोटक सामग्री बरामद भएका छन् । घरमा हातहतियार लुकाइ राखेको सूचनाका आधारमा खटिएको प्रहरीले उनीहरूको घर तलाशी गर्ने क्रममा ती हतियार सहित उनीहरूलाई पक्राउ गरेको हो । (फाइल फोटो)







