भदौ २९, काठमाडौं ।
सप्तरी र धनुषामा डुबेर दुई जनाको मृत्यु भएको छ । सप्तरीको बोदेबर्साइन नगरपालिका ३ मा आइतबार सार्वजनिक पोखरीमा डुबेर तीन वर्षिय बालकको ज्यान गएको हो ।
प्रहरीका अनुसार स्थानीय सञ्जय मलिकका तीन वर्षिय छोरा आकाशको खेल्ने क्रममा घर छेउको पोखरीमा डुबेर मृत्यु भएको हो । यसैगरी जनकपुर उपमहानगरपालिका ३ मा डेरा गरी बस्दै आएका महोत्तरी घर भएका रामबाबु मण्डलकी छोरीको पनि पोखरीमा डुबेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार १० वर्षिया काली कुमारी मण्डलको डुबेर मृत्यु भएको हो । स्थानीयले पोखरीमा डुबेको अवस्थामा देखेपछि उनलाई उद्धार गरी प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो ।







