भदौ २९, काठमाडौं ।
दुई छुट्टाछुट्टै दुर्घटनामा परेर दुई बालबालिकाको ज्यान गएको छ । धादिङ र रौतहटका दुई घटनामा उनीहरूको मृत्यु भएको हो ।
धादिङको बेनिघाटस्थित सडकमा ना ६ ख ३४६४ नम्बरको ट्रकले पैदलयात्रीलाई किचेको हो । आइतबार दिउँसो गोरखा घर भएका १२ वर्षिय परबचन प्रजालाई ट्रकले किच्दा घटनास्थलमै उनको मृत्यु भएको हो ।
यसैगरी रौतहट चन्द्रपुर नगरपालिका बक्रौतामा ना ५ ख ६७६५ नम्बरको ट्रकले स्थानीय बिक्रम साह तेलीकी १० वर्षिया छोरीलाई आइतबार राति किचेको थियो । दुवै घटनामा संलग्न चालक र ट्रक प्रहरी नियन्त्रणमा छन् ।







