करदाताको अभिलेख अब बायोमेट्रिक प्रणालीमा

भदौ २९, काठमाडौं ।
सरकारले हरेक करदाताको अभिलेख बायोमेट्रिक प्रणालीमा राख्न सुरु गरेको छ । मूल्य अविवृद्धि कर अर्थात् भ्याटमा दर्ता भएका हरेक करदताको विवरण बायोमेट्रिक प्रणालीमा अद्यावधिक गर्न लागिएको छ ।

यो कार्य यस आर्थिक वर्षमा गरिसक्ने अर्थ मन्त्रालयले जनाएको छ । साउनमा मात्र कुल ६ हजार ८ सय ४९ करदाताको विवरण अद्यावधिक भइसकेको छ । यसै कारण आफ्ना सबै विवरण अद्यावधिक गर्न करदातालाई समेत आग्रह गरिएको आन्तरिक राजश्व विभागको भनाइ छ ।

हालसम्म २ लाख ५९ हजार ८ सय २१ करदाता मूल्य अविवृद्धि करमा दर्ता भइसकेका छन् । तथ्यांक अनुसार यो संख्या बढ्दो क्रममा छ ।