२४ घन्टामा १५ संक्रमितको मृत्यु

भदौ २९, काठमाडौं ।
देशभरमा पछिल्लो २४ घन्टामा १५ कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विभिन्न ९ जिल्लाका ५ महिना र १० पुरूषको संक्रमणका कारण मृत्यु भएको हो ।

मृतकमध्ये आधा जसो काठमाडौंका छन् । राजधानीका ६ जनाको मृत्यु भएको छ । ललितपुर र भक्तपुरमा क्रमशः ५५ र ७३ वर्षका संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा भने ६१, ६२, ७०, ७३, ७७ र ८५ वर्षका संक्रमितको ज्यान गएको तथ्यांक छ ।

यसैगरी मोरङको ४० र ७० वर्षिय पुरूषको मृत्यु भएको हो । रामेछापका २३ वर्षिय युवकको समेत ज्यान गएको छ । संक्रमणका कारण मृत्यु हुनेमा कपिलवस्तुकी ४७ वर्षिया महिला, पर्साका ५५ वर्षिय, गोरखाका ६३ वर्षिय र नवलपरासीका ६२ वर्षका संक्रमित छन् ।

हाल देशभर ८ हजार १ सय १८ जना होम आइसोलेसनमा छन् भने ७ हजार २ सय ७४ जना संस्थागत आइसोलेसनमा उपचार गराइरहेका छन् ।