भदौ ३०, काठमाडौं ।
झन्डा जलाएर म्युजिक भिडयो बनाएको आरोपमा एक जना पुर्पक्षका लागि जेल चलान भएका छन् । यसै अभियोगमा पक्राउ परेका अन्य ८ जना भने छुटेका छन् ।
जिल्ला अदालत काठमाडौंले म्युजिक भिडियोका गायक ग्लाल्जेन दोर्जे तामाङलाई थुनामा पठाउन सोमबार आदेश दिएको छ । यसैगरी तीन जनालाई १५ हजार धरौटीमा रिहा गरिएको छ भने अन्य ५ जना साधारण तारेखमा रिहा भएका छन् ।
उनीहरूले युट्युब च्यानलमा केहीदिन अघि गीत अपलोड गरेपछि झन्डा जलाएको दृष्य राखिएको भन्दै चौतर्फि आलोचना भएको थियो । भदौ ३ गत्ते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय अपराध महाशाखाको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो ।







