भदौ ३०, काठमाडौं ।
स्वास्थ्य मन्त्रालयले कोरोनाको लक्षण देखिएका व्यक्तिहरूको मात्र पिसिआर जाँच गर्ने निर्णय गरेको छ । मन्त्रीस्तरीय उक्त बैठकले फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीहरूको समेत परीक्षण नगर्ने निर्णय गरेको छ ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । ‘कोभिड–१९ को लक्षण वा चिन्ह देखिएका व्यक्तिहरूमा मात्र आरटी पिसिआर गर्ने ,’ निर्णयमा भनिएको छ, ‘अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरूमा कुनै लक्षण वा चिन्ह देखिएमा वा व्यक्तिगत सुरक्षा सामग्रीहरू उपयुक्त ढंगले नलागेको शंका भएमा मात्रै आरटि पिसिआर परीक्षण गर्ने ।’
यसैगरी क्वारेन्टाइनमा बसेकामध्ये पनि लक्षण देखिएकालाई मात्र जाँच गरिने निर्णयमा उल्लेख छ ।







