कोरोनाः देशभर थपिए २ हजार ६२२ जना संक्रमित, २३ जनाको मृत्यु

असार, २१ काठमाडौं । पछिल्लो २४ घण्टाको विवरण अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ६२२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४९९ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ७४५ र ४ हजार २८ एन्टिजेन परीक्षण गर्दा ८७७ गरी २ हजार ६२२ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ । २ हजार २११ जना निको भएका छन् ।