असार, २४ काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) को विवाद निरुपण गर्न इजलास गठन गरेको छ ।
आयोग पदाधिकारीको बुधबारको बैठकले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको हो । आयोगले सुनुवाइका लागि आगामी साउन ३ गते आइतबार दुबै पक्षलाई बोलाउने निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
राजनीतिक दल सम्वन्धी ऐनअनुसार मङ्गलबार दुबै पक्षलाई बोलाएर सहमति जुटाउने प्रयास गरिएकोमा सहमति नभएपछि सुनुवाइका लागि इजलास गठन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐनअनुसार पार्टीको आधिकारिकता विवाद टुङ्ग्याउन माग गर्दै आयोगमा निवेदन दिएको हो ।
निर्वाचन आयोगद्वारा जसपा विवाद निरुपण गर्न इजलास गठन







