कुलमानको प्राधिकरणका लागि पुनः नियुक्ति टरेकै हो ?

३० भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङ आइतबार ४ वर्षे कार्यकाल सकिएको छ ।

कार्यकाल आइतबार सकिएपनि उनको बिदाइ आज गरिएको छ । । कोरोना भाइरसका कारण थोरै कर्मचारीहरुले उनलाई आज गरेका हुन् । कर्मचारहिरुले १५ दिनमा फेरि स्वागत गर्न पाइयो उनलाई बिदाई गरे ।

२०५१ सालमा सातौं तहको इन्जिनियरबाट प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका थिए ।

पहिलो कार्यकालमा १८ घण्टासम्मको लोडसेडिङ हटाएर प्राधिकरणलाई ३४ अर्ब सञ्चित नोक्सानीबाट ५ अर्बको सञ्चित नाफामा लगेको भन्दै घिसिङलाई दोहोर्‍याउन विभिन्न क्षेत्रबाट सरकारलाई दबाब छ ।

प्राधिकरणको नेतृत्वकर्ता उर्जा मन्त्रालयले सोमबारको मन्त्रीपरिषद्को बैठकमा कुलमानलाई पुनः नियुक्ति गर्ने प्रस्ताव लैजाने तयारी भएको समाचारहरु आए । तर सोमबारको बैठकमा भने यसबारे केही प्रस्ताव नै नआएको एक मन्त्रीले जानकारी दिए ।

बैठक सकिनु अघि उर्जा मन्त्री वर्षमान पुनले प्रधानमन्त्रीलाई प्रस्ताव राखेको थिए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनी प्रकृया पूरा गरेर मात्र उनलाई नियुक्त गर्नं सकिने बताएका थिए । त्यसपछि उक्त विषयमा थप कुरा नभएको उनले बताए ।
कुलमानको पुनर्नियुक्तिको सम्भावना टरिनसकेको मन्त्रालय स्रोतले जनाएको छ ।

घिसिङ अर्को कार्यकालका लागि काम गर्न इच्छुक देखिएका छन् ।

उनलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले कार्यकारी निर्देशकमा नियुक्ति दिएका थिए ।