असार, २७ काठमाडौं । नेकपा एमाले आन्तरिक विवाद समाधानमा केन्द्रीत छ । यहि बेला एमालेका उपाध्यक्ष बामदेव गौत्तमले आफ्नो पार्टीभित्रको आन्तरिकका सन्दर्भमा ‘ठूलो घरको ठूलै चहलपहल’ भनी टिप्पणी गरेका छन् ।
‘ठूलो घरको ठूलै चहलपहल । राम्रो भए पनि राम्रो नराम्रो भए पनि । ठूलो पार्टी भएको नाताले कहिले नेकपा एमाले, कहिले नेकपा, अहिले नेकपा एमाले भएर प्रकट भएका छौं’ उनले भने ।
तथापि, अराजनीतिक क्रियाकलापहरु एक पछि अर्को र संविधान र ऐन नियमहरु कुल्चँदै क्रियापकलापहरु भएको र यस्तो कार्यले सबै ठाउँमा शिर निहुराउने अवस्था आएको पनि उनले बताए ।
यस्तै नेता गौत्तमले अध्यक्ष केपी ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठकमा गएर आफुले एमाले भएको प्रमाण पेश गरेको बताए ।
‘एमाले पुनस्थापित भएपछि एमाले रोज्नैपर्यो । एमालेको सदस्य हुँ । त्यसो भएर म केही समय पहिले केपीजीले जेठ २ को अवस्थाको केन्द्रीय कमिटीमा भाग लिन गएँ’ गौत्तमले भने, ‘धेरै मनिसहरुले बामदेव केपीतिर गयो भने । यो सभामार्फत म जानकारी गराउन चाहन्छु म कुनै तर्फ गएको होइन । म नेकपा एमाले भएको हुनाले एमाले भएको प्रमाण पेश गर्नको निम्ति म गएको हुँ ।’
केन्द्रीय कमिटीमा गइसकेपछि एमालेको आन्तरिक विवाद समाधानका लागि आफुले खोजेको भूमिका पाउन नसकेको पनि नेता गौत्मको गूनासो छ ।
‘मैले पार्टीमा गइसकेपछि जे भूमिका निर्वाह गर्छु भनेको थिएँ त्यो भूमिका प्राप्त गर्न सकिन’ उनले चने, ‘तर, नेकपा एमाले भित्रको अन्तरविरोध समाधान गर्नको निम्ति दुईटा समुहबाट एउटा कार्यदल बनेको छ । र त्यसले आज ८ बजे खुसीको खबर आउँछ भनेको थियो । मैले भनेको थिए त्यो खुसीको खबर सर्वोच्चको निर्णय पछि आउँछ भनेर मेरो भनाई लागू नहोस् । भरेसम्म खुसीको त्यो खबर आओस भन्ने चाहन्छु । मेरो अहिले पनि दृढता छ कि सर्वोच्चको निर्णयपछि पार्टी एकीकृत हुनेछ ।’







