असार, २८ बिर्तामोड । एकाबिहानै झापाको बिर्तामोडमा आफ्नै घर अगाडि एक युवतीको अर्धनग्न शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत सुगम पेट्रोल पम्प खण्डको उत्तरतर्फ यस्तो घटना भएको हो । बिर्तामोड नगरपालिका वडा नं. ५ मा पर्ने उक्त स्थानमा २५ वर्षीय सृजना बस्नेतको शव घरकै आँगनमा भेटिएको प्रहरीले जनाएको छ ।
सृजना सपरिवार उनको सानीआमाको घरमा बस्दै आएको इलाका प्रहरी कार्यालय अनारमनी जनाएको छ । प्रहरीका अनुसार उनको हात र पछाडिको भाग धसारिएको अवस्थामा शव फेला परेको छ।
कतै हत्या गरेर घिसार्दै यहाँसम्म ल्याउँदा कसैले देखेर शव ब्यवस्थापन गर्न नभ्याएको हुनसक्ने प्रहरीको प्रारम्भिक बुझाई छ । डीएसपी सन्तोष आचार्यले घटनाका विषयमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।







